STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

काठमाडौंका ४ वडाका दलित महिला सदस्य निर्विरोध

Janjati Khabar – Janjati Khabar | २०७९ बैशाख १८, आइतबार

काठमाडौँ - आगामी वैशाख ३० को स्थानीय तहको निर्वाचनअन्तर्गत काठमाडौँ महानगरमा निर्वाचनअघि नै ४ जना वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

काठमाडौंको १८, २२, २३ र २७ वडामा दलित महिला सदस्य पदका लागि १-१ जनाको मात्र उम्मेदवारी परेकोले उनीहरु निर्विरोध भएको मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए ।

नर्वाचित हुुनेहरुमा वडा १८ की अम्बिका सुनार, २२ की गीता परियार, २३ की कञ्चना नेपाली (हरिजन) र २७ की प्रभा परियार रहेकी छन् । वडा १८, २२ र २७ मा नेकपा एमालेबाट मात्र उम्मेद्वारी परेको थियो भने वडा २३ वाट नेपाली कांग्रेसबाट मात्र उम्मेद्वारी परेको थियो ।

Categorized in उपत्यका