काठमाडौंको ह्याम्समा दुईजना कोरोना संक्रमितकाे उपचार शुरु
Janjati Khabar – जनजाति खबर | २०७७ जेठ २४, शनिबार
काठमाडौं - काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालले कोरोना संक्रमितको उपचार शुरु गरेको छ। अस्पतालले कोरोना संक्रमितलाई आइसोलेसनमा राखेर उपचार गरेको अस्पतालले जनाएकाे छ। अहिले अस्पतालमा कास्कीका ६० वर्षीय कोरोना संक्रमित पुरुषको उपचार भइरहेको छ।
गुल्मी चद्रकोटका ७७ वर्षीय एक पुरूष पिसाब पोल्ने उपचारका लागि मंगलबार ह्याम्स अस्पताल आएका थिए। पिसाबको चेकजाँच पछि बाहिरबाट आएकाले कोरोना परीक्षणका लागि पीसीआर गरियो। उनको शुक्रबार कोरोना पोजिटिभ आयो।
डाक्टर शर्माका अनुसार मंगलबारकै दिन कास्कीका ६० वर्षीय पुरूष बेहोस भएर हेलिकोप्टरकार्फत उपचारका लागि ह्याम्स अस्पताल गएका थिए। कास्कीका ती पुरुषलाई शुरुमा रुघाखोकी, ज्वरो केही पनि थिएन्। उनलाई भेन्टिलेटरमै राखेर उपचार गरियो। कोरोना चेकजाँच गर्दा शुक्रबार उनलाई पनि कोरोना पोजिटिभ देखियो। शुरुका दिनमा भन्दा अहिले सुधार हुँदै गएको जनाइएकाे छ। उनले सरकारी अस्पतालमा उपचार निःशुल्क भएकाले तोकिएका अस्पतालमा जान आग्रह गर्दा विरामी र आफन्त नमानेकाले अस्पतालकै आइसीयुमा राखेर उपचार भइरहेकाे छ ।
Categorized in उपत्यका