काठमाडौंमा थपिए ३ जना नयाँ संक्रमित, कुल संक्रमित ८२७४ पुग्यो
Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ ५, शुक्रबार
काठमाडौं – काठमाडौंमा थप ३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका २ महिला र एक पुरुष गरी तीनजनामा कोरोना संक्रमण देखिएको हो। बिहीबार मात्र उपत्यकामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
शुक्रबार थप ४२६ जनामा कोरोना संक्रमण देखिएको छ । प्रवक्ता गौतमकाअनुसार ४२६ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या ८ हजार २७४ पुगेको हो।नयाँ संक्रमितमध्ये ७ हजार ५६७ पुरुष र ७०७ महिला रहेका छन् ।
Categorized in राष्ट्रिय