काठमाडौंमा फराकिलो मतान्तरसाथ सुनिताको अग्रता कायमै
Janjati Khabar – Janjati Khabar | २०७९ जेठ १, आइतबार
काठमाडौं - काठमाडौं महानगर उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोल १५८५ मतान्तरका साथ अग्रस्थानमा छिन् । दिउँसो १ बजेसम्मको मत परिणामअनुसार सुनिताले २२३२ मत प्राप्त गरेकी छन् ।
उनका प्रतिद्वन्दी गठबन्धनबाट नेकपा एसका उम्मेदवार रामेश्वर श्रेष्ठले ६४७ मत ल्याएका छन् ।
यहाँ राप्रपाको ५४०, विवेकशील साझाका उम्मेदवारको ९६ मत आएको छ ।


