STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

काठमाडौंमा फेरि कोरोना ! निकाे भइसकेकाेमा पुनः संक्रमण पुष्टि

Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख २३, मंगलबार

काठमाडौं – कोरोना भाइरस संक्रमणबाट निको भएर घर फर्केका काठमाडौंका पुरुषमा पुनः संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार पेप्सिकोलास्थित सिनसिटी अपार्टमेन्टका ५२ वर्षका पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो । गत ५ चैतमा बेलायतबाट आएर सनसिटीमा बस्दै आएका उनीसँगै उनकी ८१ वर्षीया आमामा कोरोना संक्रमण भएको १ वैशाखमा पुष्टि भएको थियो । पाटन अस्पतालमा उपचार गरेर आमाछोरा ११ वैशाखमा घर फर्किएका थिए । तर एक सातापछि पुनः परीक्षणका लागि अस्पताल आएका ५२ वर्षका पुरुषको रिपोर्ट पोजेटिभ आएको र उनको अहिले पाटन अस्पतालमै उपचार भइरहेको छ । यससँगै निको भएर पुनः संक्रमित हुनेको संख्या तीन पुगेको छ । मंगलबार नै रौतहट र वीरगञ्जमा रहेका एक भारतीय नागरिकमा पनि पुनः संक्रमण भएको पुष्टि भएको थियो ।
Categorized in राष्ट्रिय