काठमाडौंमा साईकल र ठेलामा व्यापार गर्न प्रतिवन्ध
Janjati Khabar – Janjati Khabar | २०७९ पौष २७, बुधबार
काठमाडौं - काठमाडौं महानगरपालिका क्षेत्रभित्र अबदेखि साईकल र ठेलामा ब्यापार गर्न प्रतिवबन्ध गरिएको छ ।
काठमाडौं महानगरले मंगलबार एक सुचना जारी गरी यस किसिमबाट व्यापार गर्न नपाईने बताएको छ ।
फुटपाथ, सडकेपटी, बाटो कब्जा गरेर गरिने व्यापारले सार्वजनिक आवागमनमा अनधिकृत रुपमा बाधा अवरोध पुगेकोले निषेध गरेको महानगरपालिकाले जारी सुचनामा उल्लेख गरेको छ ।
सडकपेटीमा अनधिकृत रुपमा व्यापार व्यवसाय गर्ने, निजी प्रयोगका सामग्रीहरु राख्ने, ठेलागाडा वा साइकलमा सामान राखी व्यापार व्यवसाय गर्ने लगायतको कार्य नगर्न र सो गरेको खण्डमा कानुन बमोजिम कारबाही हुने सूचनामा उल्लेख छ ।
सुचनामा भनिएको छ, ‘काठमाडौं महानगरपालिका क्षेत्रभित्रका सडकपेटी (फुटपाथ) वा अन्य सार्वजनिक स्थलमा जुनसुकै तरिकाले व्यापार व्यवसाय गरेमा वा फुटपाथलाई अनधिकृत रुपमा प्रयोग वा कब्जा गरेमा त्यस्तो मालसामान, अनुचित प्रयोग वा व्यापार प्रयोजनार्थ राखिएको अन्य संरचना, अन्य सामग्री वा मालसामान जफत गरिनेछ ।’
Categorized in उपत्यका

