काठमाडौंमा ५७ सहित थप ३८१ जना नयाँ संक्रमित थपिए
Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण २१, बुधबार
काठमाडौं । पछिल्लाे २४ घन्टामा काठमाडौं उपत्यकामा ६१ जनासहित थप ३ सय ८१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
योसंगै नेपालमा हालसम्म कुल संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ५७ जना र ललितपुरमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयले संक्रमितको ठेगाना खुलाएको छैन ।
कुल संक्रमितमध्ये ६ हजार १ सय ७४ वटा सक्रिय केशहरु छन् ।
पछिल्लो २४ घण्टामा १३० जना डिस्चार्ज भएसंगै हालसम्म १५ हजार १ सय ५६ जना कोरोनामुक्त भएका छन् ।
Categorized in राष्ट्रिय