STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

काठमाडौंमा ८ जना सहित थप १३० जनामा कोरोना संक्रमण पुष्टि

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण ११, आइतबार

काठमाडौं : काठमाडौंमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ८ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् यस्तै आइतबार थप १३० जनामा कोरोना भाइरस (कोभिड -१९) संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार नयाँसहित कूल संक्रमितको संख्या १८ हजार ६ सय १३ पुगेको हो । मुलुकभर सक्रिय संक्रमित ५ हजार ४ सय ४० जना रहेका छन्। जसमध्ये प्रदेश १ मा १८६ जना, प्रदेश २ मा १ हजार ८ सय७३जना, बागमती प्रदेशका ४४४ जना, गण्डकी प्रदेशमा २९४ जना, प्रदेश ५का ३५८ जना, कर्णाली प्रदेशमा ३६६जना र सुदूरपश्चिम प्रदेशमा १ हजार ९ सय १८जना रहेका छन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ७५ जनाले कोरोना जितेर घर फर्किएका छन्। योसहित कोरोना जित्नेको कुल संख्या १३ हजार १२८ पुगेको छ। क्वारेन्टाइनमा रहनेको संख्या १७ हजार ९०३ पुगेको छ। यस्तै मन्त्रालयका अनुसार आइसोलेसनमा ५ हजार ४ सय ४० जनाको उपचार भइराखेको छ
Categorized in राष्ट्रिय