STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

काठमाडौं–१६ मा रास्वपा उम्मेदवार श्रेष्ठको अग्रता

Janjati Khabar – Janjati Khabar | २०८१ मङ्सिर १६, आइतबार

काठमाडौं - काठमाडौं महानगरपालिका–१६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता बनाएको छ । आइतबार भएको उपनिर्वाचन अन्तर्गत प्रारम्भिक मतगणना अनुसार रातिको ११ः३० सम्ममा रास्वपा उम्मेदवार रोजिना श्रेष्ठले अग्रता लिएकी हुन् । उनले ४ सय ९३ मत पाएकी छिन् ।

उनलाई नेकपा एमालेका उम्मेदवार लक्ष्मी रत्‍न तुलाधरले पछ्याइरहेका छन् । उनले ३ सय ८४ मत प्राप्त गरेका छन् ।

त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार देवेन्द्र पाठक तेस्रो स्थानमा छन् । उनले ३ सय ६९ मत प्राप्त गरेका छन् । यहाँ एकीकृत समाजवादीका मीन बहादुर मानन्धरले २ सय मत प्राप्त गरेका छन् ।

०७९ को निर्वाचनमा यहाँ कांग्रेसले जितेको थियो । कांग्रेसबाट निर्वाचित मुकुन्द रिजालको निधनपछि यहाँ उपनिर्वाचन भएको हो ।

Categorized in राजनीति