काठमाडौं उपत्यकाका ४४५ सहित देशभरका १२ सय २८ जनामा संक्रमण
Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र १८, बिहिबार
काठमाडौं – विगत २४ घण्टामा काठमाडौं उपत्यकामा ४४५ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३५७, भक्तपुरमा ४२ र ललितपुरमा ४६ जना संक्रमित भेटिएका छन् ।
यसैगरी देशभरका १२ सय २८ जनामा संक्रमण भएको मन्त्रालयले जनाएकाे छ ।
१३ हजार ४१३ जनाको पीसीआर परीक्षण गर्दा ३९४ जना महिला र ८३४ जना पुरुष गरी १२ सय २८ जनामा संक्रमण देखिको हो ।
बिहीबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ९१७ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
Categorized in राष्ट्रिय