काठमाडौं उपत्यकामा ५३ जनासहित ३११ जनामा कोरोना संक्रमण पुष्टि
Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण १३, मंगलबार
महाबाैद्धका व्यवसायीकाे स्वाब संकलन
काठमाडौँ २७ वडा महाबौद्ध क्षेत्रका व्यवसायीमा कोराेना पोजेटिभ देखिएपछि त्यहाँ कार्यरत अन्य व्यवसायीहरुकाे पनि कोरोना परीक्षणका लागि स्वाबको नमूना संकलन गरिएको छ । २७ वडा कार्यालयले सोमबार संक्रमित व्यापारीको सम्पर्कमा आएका अन्य व्यक्तिहरुलाई परीक्षणका लागि अनुरोध गर्दै सार्वजनिक सूचना जारी गरेको थियो । भारत स्थायी घर भई महाबौद्ध क्षेत्रमा व्यवसाय गर्ने दुई जनामा कोरोना पोजेटिभ देखिएपछि उनीहरुको सम्पर्कमा आएकाहरुलाई कोरोना परीक्षण गर्न सार्वजनिक सूचना जारी गरेको थियो । वडा अध्यक्ष चिनियामान बज्राचार्यले एक सूचना जारी गरी उनीहरुको संसर्गमा आएकालाई यथासिघ्र स्वास्थ्य परीक्षण गर्न अनुरोध गरेका छन् । वडा कार्यालयले गणेशमन्दिर देखि महाबौद्ध स्तुपासम्मका व्यवसायीहरुको पीसीआर रिपोर्ट नआएसम्म सुरक्षाका उपाय अपनाउन पनि आग्रह गरिएको छ ।
Categorized in राष्ट्रिय


