STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

काठमाडौं खुसिबुँको फर्निचर कारखानामा आगलागी

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र २०, बिहिबार

काठमाडौं– खुसिबुँस्थित एउटा फर्निचर कारखानामा बुधवार राति आगलागी भएको छ । भाइकाजि महर्जनको फर्निचर कारखानामा रातिको १२ बजेतिर आगलागी भएको थियो । खुसिबुँस्थित कुमारी नर्सरी नजिक रहेको उक्त फर्निचर कारखानाको टहरा आगलागीले ध्वस्त भएको स्थानीय मनोज महर्जनले जानकारी दिएका छन् । आगलागीको समय त्यहाँ ६–७ वटा ग्यास सिलिन्डर पड्किएको पनि सुनिएको स्थानीय महर्जनले बताएका छन् । महर्जनले दिनुभएको जानकारी अनुसार आगलागी नियन्त्रणको लागि ३–४ वटा दमकल ल्याइएको थियो । रातिको १ः३० बजेतिर मात्र आगलागी नियन्त्रणमा आउन सकेको हो ।
Categorized in अपराध-दुर्घटना