STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

काठमाडौं, भक्तपुर र ललितपुरका समेत गरी २७ जना नयाँ कोरोना संक्रमित

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ ६, मंगलबार

काठमाडौं – काठमाडौं, भक्तपुर र ललितपुरमा समेत गरी थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या ४०२ पुगेको छ । थपिएका २७ जनामध्ये उपत्यकाका मात्र पाँच जना छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौंमा तीन तथा भक्तपुर र ललितपुरमा एकएक जनामा संक्रमण पुष्टि भएको छ । यस्तै झापाका ९ जना, मोरङ र सुनसरीका एकएक जना, सर्लाहीका २ जना, मकवानपुर र रामेछाप, सिन्धुली र लमजुङका एकएक जना कपिलवस्तुका चार र नवलपरासीका एक जनामा संक्रमण पुष्टि भएको छ । थपिएका कोरोना संक्रमित १७ देखि ४२ वर्ष उमेरका छन् । मन्त्रालयकाअनुसार संक्रमण ३६ जिल्लामा पुगेको छ । प्रदेशगत रुपमा सबैभन्दा धेरै संक्रमित प्रदेश ५ मा छन् । प्रदेश १ मा ५४, २ मा १३६, बाग्मतीमा २७ र गण्डकी प्रदेशमा ४ जना छन् भने प्रदेश ५ मा १७६, कर्णालीमा १ र सुदूरपश्चिम प्रदेशमा ५ जना छन् ।
Categorized in राष्ट्रिय