STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

काठमाडौं १५ वडामा एकीकृत समाजवादीका डंगोल निर्वाचित

Janjati Khabar – Janjati Khabar | २०७९ जेठ १२, बिहिबार

काठमाडौं - काठमाडौं महानगरपालिका-१५ को वडाध्यक्षमा नेकपा एकीकृत समाजवादीका ईश्वरमान डङ्गोल विजयी भएका छन् ।

अन्तिम मतरिणाम अनुसार डङ्गोल तीन हजार ४७६ मत प्राप्त गरी दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा विजयी भएका हुन् । उनी यसअघि पनि सोही वडाको अध्यक्ष थिए ।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका जीवन डङ्गोलले एक हजार ५७२ मत प्राप्त गरे ।  यस्तै चार सदस्यमा पनि नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार विजयी भएका छन् । वडासदस्य खुलामा विजु श्रेष्ठ र अवसरा केसी, महिला सदस्यमा मैयालक्ष्मी महर्जन र दलित महिला सदस्यमा रिता मिजार विजयी भएका छन् ।

डङ्गोल वडाध्यक्ष निर्वाचित भएसँगै एकीकृत समाजवादीले काठमाडौं महानगरपालिकामा एक वडाध्यक्ष जितेको छ । काठमाडौं–१५ मा माल्चाटार, स्वयम्भू, डल्लु, गीतामाता, विजेश्वरी, शोभाभगवतीलगायतका क्षेत्र पर्दछन् । 

Categorized in उपत्यका