STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

काठमाडौं ३ मा कुलमान पराजित, रास्वपाका राजुनाथ पाण्डे विजयी

Janjati Khabar – Janjati Khabar | २०८२ फाल्गुण २३, शनिबार

काठमाडौं - काठमाडौं क्षेत्र नम्बर ३ मा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ पराजित भएका छन्  । यहाँ रास्वपाका राजुनाथ पाण्डे विजयी भएका छन् । 

काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत चमिला भट्टराईका अनुसार रास्वपाका पाण्डेले १८ हजार ७५७ मत ल्याएर विजयी भएका हुन् । 

उनका निकटतम प्रतिद्वन्द्वी उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङले ११ हजार १७१ मत ल्याएका छन् । राजुनाथ पाण्डेसँग कुलमान ७ हजार ५८६ मतले पराजित भएका हुन्।

Categorized in राजनीति