काठमाडौं ९ र १० वडामा कांग्रेस विजयी
Janjati Khabar – Janjati Khabar | २०७९ जेठ १०, मंगलबार
काठमाडौं - काठमाडौँ महानगरपालिका वडा नम्बर ९ र १० को मत परिणाम सार्वजनिक भएको छ । जसअनुसार वडा ९ मा नेपाली काँग्रेसका उम्मेदवार राम्जी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार रामकृष्ण जयखु श्रेष्ठलाई ४९२ मतले पछि पार्दै विजय भएका हुन् ।
अध्यक्ष पदमा विजय भएका भण्डारीले दुई हजार ७९० मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी श्रेष्ठले दुई हजार २९८ मत प्राप्त गरेका छन् । त्यसैगरी सदस्यमा एमालेको तर्फबाट टेकराज अधिकारी र श्रीराम राई निर्वाचित भएका छन् । महिला सदस्यमा काँग्रेसको तर्फबाट सृजना भेटवाल र दलित महिला सदस्यमा एमालेको रचना सोनाम विजय भएका छन् ।
वडा १० मा काँग्रेसको केसी निर्वाचित
त्यस्तै वडा नम्बर १० को अध्यक्ष पदमा काँग्रेसका रामकृष्ण केसी विजय भएका छन् । केसीले एमालेका अशोक कार्कीलाई एक हजार ४७५ मतले पछि पार्दै जित हात पारेका हुन् । अध्यक्ष केसीले तीन हजार ४२८ मत प्राप्त गर्दा प्रतिस्पर्धी कार्कीले २९५३ मत प्राप्त गरेका छन् । सदस्यमा काँग्रेसका नरोज अर्याल र सतीस तन्डुकार निर्वाचित भएका छन् । महिला सदस्यमा भने कांग्रेसकै रोहनी श्रेष्ठ विजय भएकी छन् । दलित महिला सदस्यमा काँग्रेसबाट सुनिता भित्रिकोटी परियार निर्वाचित भएकी छन् ।
Categorized in उपत्यका

