STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कानुनलाई हातमा लिने जोसुकैलाई कारबाही हुन्छ : गृह

Janjati Khabar – Janjati Khabar | २०८१ चैत्र १५, शुक्रबार

काठमाडौं - कोटेश्वरस्थित जडिबुटी प्रशोधन केन्द्रमा ८ वटा गाडीमा आगजनी गरेको गृह मन्त्रालयले जानकारी दिएको छ।

गृह मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा सहसचिव छवि रिजालले भने, ‘कानुनलाई हातमा लिने जोसुकैलाई कारबाही हुन्छ। नियन्त्रणमा लिइन्छ। कोही पनि आत्तिनुपर्दैन। एक दिन यस्तो घटना भए पनि सधैँ यस्तो हुँदैन।’दंगामा संलग्न व्यक्तिहरू खोजीखोजी कानुनी दायरा ल्याउने उनले बताए।

‘यो क्षमायोग्य छैन,’ उनले भने, ‘कानुनी दायरामा ल्याउने प्रयास हुनेछ। आज नभए पनि रेकर्डको आधारमा कारबाहीको दायरामा ल्याउनेछौँ। अहिले पनि कतिपय ठाउँमा मानिसहरू फसेको भन्ने छ। सुरक्षाकर्मीले उद्धार गरिरहेकका छन्।’

‘भौतिक संरचना र गाडीहरूमा आगजानी भएको छ,’ उनले अगाडि थपे, ‘यो भिडले हामीलाई कहाँ पुर्‍याउँछ, मलाई अचम्म लागेको छ। यो आपराधिक हिंसात्मक घटना हो। सरकार यसरी सधैँ संयमित भएर बस्दैन। जनताको सुरक्षा गर्ने सरकारको जिम्मेवारी हो र सुरक्षा रणनीति परिवर्तन गरेर अन्य कारबाही अघि बढ्छ।’

Categorized in राजनीति