कामपा २७ र २८ वडामा बालेनभन्दा केशव स्थापितले बढी मत पाउँदै
Janjati Khabar – Janjati Khabar | २०७९ जेठ ६, शुक्रबार
काठमाडौं - पछिल्लो विवरणअनुसार २७ र २८ वडामा बालेनभन्दा एमालेका केशव स्थापितले बढी मत पाइरहेका छन् ।
२७ नम्बर वडामा ९ सय २२ मतगणना हुँदा स्थापितले ३ सय ८ मत पाएका छन् । सिर्जनाले २ सय ३५ र बालेनले १ सय ६१ मत पाएका छन् ।
त्यस्तै २८ नम्बरमा पनि बालेन पछाडि छन् । ३ हजार ३१ मतगणना हुँदा स्थापितले ७ सय ४१, सिर्जनाले ७ सय ३० र बालेनले ७ सय २१ मत पाएका छन् । यी बाहेक गणना भएका र भइरहेका सबै वडामा बालेन अगाडि छन् ।
अहिलेसम्म काठमाडाैं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन् । अहिलेसम्म बालेनले २७ हजार ९६७ मत पाउँदा एमालेका केशव स्थापितले १४ हजार ७८२ मत पाएका छन् । नेपाली कांग्रेसकी सिर्जना सिंहले १४ हजार ४३९ मत पाएकी छन् ।
Categorized in उपत्यका


