कामपा २८ काे पनि मतगणना सुरु : बालेनकाे अग्रता भंग, स्थापितले ल्याए धेरै मत
Janjati Khabar – Janjati Khabar | २०७९ जेठ ४, बुधबार
काठमाडौं - अहिले वडा नम्बर २८ काे पनि मतगणना सुरु भएकाे छ । प्रारम्भिक परिणाममा बालेन पछि परेका छन् । २०० मतगणना हुँदा स्थापितले सबैभन्दा धेरै ६०, बालेनले ४६ र सिर्जनाले ३३ मत पाएकी छन् ।
यसैगरी, वडा नम्बर ७ मा भने एमालेका स्थापितलाई भन्दा कांग्रेसकी सिर्जनालाई बढी मत मिलेको छ । अहिलेसम्म ७ नम्बर वडाको ६ सय मतगणना हुन बालेनले २८१, सिर्जनाले ९३ र स्थापितले ८८ मत पाएका छन् ।
पछिल्लो परिणामअनुसार बालेनले १७ हजार ५ सय ५८ मत पाएका छन् । अहिलेसम्म गणना भएको ४५ हजार ४३ मतमा एमालेका केशव स्थापितले ९ हजार ५६ मत पाएका छन् ।
नेपाली कांग्रेसकी सिर्जना सिहंको खातामा ८ हजार १ सय २८ मत चढेको छ । बालेनले स्थापितभन्दा ८ हजार ५ सय २ र सिर्जनासँग ९ हजार ४ सय ३० मतको दूरी राखेका छन् ।
Categorized in उपत्यका

