STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

काराओके आईकन सिजन ३ र मिस नेशनल २०२१ को आयोजना गर्ने

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ फाल्गुण ७, शुक्रबार

काठमाडौँको ठमेल स्तिथ डेलिमा गार्डेन क्याफेमा बिहिवारकाराओके इन्टरटेन्मेन्टले पत्रकार सम्मेलन गरेको छ । उक्त पत्रकार सम्मेलन मार्फत काराओके आईकन सिजन ३ र मिस नेशनल २०२१ को आयोजना गरिने जानकारी गराएको छ ।

सुन्दर रुप सुन्दर मन, गीत संगीतमा रमाउँ अनि नाचौँ धेरै बाचौँ नाराका साथ आफ्नो अभियानमा निरन्तर लागिपरेको काराओके इन्टरटेन्मेन्टले नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको कार्यक्रमको आयोजना गरि नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने र उक्त कार्यक्रमलाई फ्रेन्चाइजको रुपमा बिश्व बजारमा लान सकिने काराओके इन्टरटेन्टमेन्टका प्रमुख खगेस रन्जितले  जानकारी गराउनु भयो ।

कार्यक्रममा निर्णायक मण्डलका तर्फबाट गायक भीम तुलाधर, गायिका द्वय बुनु राई मानन्धर र सबिना मानन्धर, मिस ग्राण्ड ईन्टरनेशनल नेपाल उरुशा जोशी, मिस नेवाः आईकन दिया श्रेष्ठ, मिडिया पर्सन श्यामसुन्दर पुडासैनी, सल्लाहकार सर्जु रंजित र काराओके ईन्टरटेन्मेन्टका प्रमुख खगेश रन्जित समेतको उपस्थिति रहेको उक्त कार्यक्रममा पत्रकारहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

Categorized in साहित्य-कला