STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कालिमाटीमा कार्यरत दुई प्रहरीमा कोरोना संक्रमण

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ ७, बुधबार

काठमाडौं - काठमाडौंमा कार्यरत सुरक्षाकर्मीलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । महानगरीय प्रहरी वृत्त, कालिमाटीमा कार्यरत एकजना सई र जवानलाई कोरोनाको संक्रमण पोजेटिभ देखिएको समाचार प्राप्त भएकाे छ । यसबारे स्वास्थ्य मन्त्रालयले मंगलबार प्रहरीलाई जानकारी गराइसकेको बुझिएकाे छ । उनीहरुको चार दिनअघि पीसीआर परीक्षण गरिएको थियो । दुवै प्रहरी कर्मचारी ब्यारेकमै बस्दै आइरहेका छन् । ब्यारेकमा ९० जना बस्ने गरेका छन् । त्यसैले बुधबारबाट सबैको पीसीआर परीक्षण थाल्ने तयारी भइरहेको जनाइएकाे छ । प्रहरीका ६ वटा इकाइ सिल महानगरीय प्रहरी वृत्त, कालीमाटीमा कार्यरत दुई जना प्रहरी अधिकारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि प्रहरीका ६ वटा इकाइ सिल गरिएको छ । कालीमाटी वृत्तसँगै रहेको महानगरीय ट्राफिक प्रहरी प्रभाग र महिला सेललाई सिल गरिएको हो । कालीमाटी प्रहरी प्रमुख डीएसपी रुगम कुँवरका अनुसार मातहतको बल्खु, कलंकी र स्यूचाटार प्रहरी प्रभाग पनि सिल गरिएको छ ।
Categorized in राष्ट्रिय