कालीमाटी वृत्तका सबै प्रहरीको कोरोना रिपोर्ट नेगेटिभ
Janjati Khabar – जनजाति खबर | २०७७ जेठ १९, सोमबार
काठमाडाैं - महानगरीय प्रहरी वृत्त कालिमाटी र त्यसमातहत सबै प्रहरीको कोरोनाभाइरसको पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।
जेठ ६ गते दुई प्रहरीमा संक्रमण देखिएपछि वृत्त र त्यहाँभित्र रहेको महिला सेल तथा ट्राफिक प्रहरी कार्यालय सिल गरिएको थियो। आइतबार त्यहाँभित्र रहेका सबै प्रहरी अधिकारीको रिपोर्ट नेगेटिभ आएपछि काम सुचारू भएको छ।
दुई जनामा संक्रमण देखिएपछि २३० भन्दा बढीको परीक्षण गरिएको थियो ।
कार्यालयका संक्रमित प्रहरीहरू पनि अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। उनीहरू डिस्चार्ज भए पनि तत्काल काममा नफर्किने उनले बताए। उनीहरु ७ दिन होम क्वारेन्टाइनमा बसेपछि मात्र काममा फर्कने जनाइएको छ ।
Categorized in उपत्यका