STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

किड क्विन नेपाल ट्यालेण्ट शो सम्पन्न

Janjati Khabar – जनजाति खबर | २०७६ मङ्सिर १५, आइतबार

नेप्लीज फेसन होमले आयोजना गर्दै आइरहेको बालिका तथा किशोरीहरुको सौन्दर्य तथा प्रतिभा प्रदर्शन गर्ने प्रतियोगिता ‘किड क्विन नेपाल–२०१९’ का प्रतिस्पर्धीले आ–आफ्नो प्रतिभा प्रस्ततु गरेका छन् । शनिवार प्रज्ञा भवनमा आयोजित ट्यालेन्ट शोमा २२ जना प्रतिस्पर्धिहरुले आ–आफ्नो प्रतिभा प्रदर्शन गरेका हुन् । प्रतियोगितामा सहभागि काठमाडौंका विभिन्न विद्यालयमा अध्ययनरत बालिका तथा किशोरीहरुमध्ये अधिकांशले ट्यालेन्ट शोमा नृत्य प्रदर्शन गरे । केही प्रतियोगीले गायन समेत पस्किएका थिए । प्रतियोगिहरुमध्ये इलिजा गुरुङले गुरुङ भाषाकै गीतमा नृत्य प्रस्तुत गरेकी थिइन् भने अभिश्री तिवारीले नेवार भाषाको गीतमा नृत्य प्रस्तुत गरिन् । निमिषा श्रेष्ठले गैरी खेतको सिरै हान्यो।।।गीतमा आकर्षक नृत्य प्रस्तुत गर्दा सुप्रिया तामाङले जीवनका बारेमा आफ्नो मन्तब्य व्यक्त गरिन् । अदिष्टा भण्डारीले ‘नौ महिना।।।’ शीर्षकको गीत गाइन् भने राषु पन्तले पियानोवादनमार्फत आफ्नो प्रतिभा प्रस्तुत गरिन् । अन्य प्रतियोगिहरुमध्ये सान्भी बानिया“, मनिषा राई, सुप्रीया विष्ट, प्रकृना प्रधानाङ्ग, प्रँची किबानायो, स्नेहा प्रजापति, कृष्मा ढुंगाना, श्रेया जरेजु, रोषिका लामा तथा सरु खोटेजुले विभिन्न गीतहरुमा नृत्य प्रस्तुत गरेका थिए । स्नेहा रजकले भने कराते खेलका विभिन्न कौशल प्रस्तुत गरिन् भने निशा बिकले आफ्नै हातले बुनेको फेन्सी ब्याण्ड प्रस्तुत गरिन् । रितिका थापाले गायन प्रस्ततु गरिन् भने आयुष वाइवाले एउटा गीतमा नाट्य प्रस्तुती दिइन् । प्राध्यापक डा।विमला शाक्यको सभापतित्वमा सम्पन्न ट्यालेन्ट शोमा कराते प्रशिक्षक अशोक श्रेष्ठ, मेकअप आर्टिष्ट मञ्जु कार्की पाण्डे, सञ्चारकर्मी अरुणा भट्टराई, व्यवसायी रोशन सायमी, विज्ञापन व्यवसायी सञ्जय श्रेष्ठ, फेसन उद्यमी एलिना तुलाधर लगायत निर्णायकमा रहेका थिए । ललितपुर उप महानगरपालिका वडा नम्बर २१ का अध्यक्ष रविन्द्र महर्जनको प्रमुख उपस्थितिमा सम्पन्न भएको उक्त प्रतियोगिताले बालिका तथा किशोरीहरुमा आत्म विश्वास बढाउने, व्यक्तित्व विकास गराउने, वतृत्व कलाको विकास गराउने लक्ष्य लिएको आयोजक संस्थाकी निर्देश्ँक हेमा मानन्धर बताउ“छिन् । सोही अवसरमा नेप्लीज फेसन होमले प्रकाशित गरेको नेपाल संवत ११४० को क्यालेन्डर समेत विमोचन गरिएको थियो ।
Categorized in राष्ट्रिय