STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कीर्तिपुरको ससः त्वाःमा मिस नेवाः ट्यालेन्ट शो

Janjati Khabar – जनजातिखबर संवाददाता | २०७७ माघ १८, आइतबार

नेपालभाषा कला संस्कृति एवं संस्कार जगेर्नाको निमित्त नेप्लिज फेसन होमको आयोजनामा प्रत्येक वर्ष निरन्तर रुपमा हुँदै आइरहेको मिस नेवाःको १५ औं संस्करणको ग्राण्ड फिनाले यही फागुन ७ गते प्रज्ञाभवनमा हुने भएको छ । 

१५ औं संस्करणको मिस नेवाःको दौरानमा मिस नेवाः ट्यालेन्ट शो पुस १७ गते शनिबार कीर्तिपुरको ससः त्वाःमा सम्पन्न भयो । उक्त मिस नेवाःमा सहभागी १५ जना प्रतियोगीहरुले आआफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । प्रतियोगीहरुले नृत्य, चित्रकला, कविता, बाँसुरीवादन, भ्वाइलिनबादन कला प्रस्तुत गरेका थिए ।

कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनको प्रमुख आतिथ्यमा भएको उक्त मिस नेवाः ट्यालेन्ट शोमा कीर्तिपुर नगरपालिका १० वडाका वडाध्यक्ष अमन महर्जन, ससःत्वाःका प्रमुख फिरोज सिंह, कीर्तिपुर उद्योग वाणिज्य संघकी अध्यक्ष राज्यलक्ष्मी शाक्य, नेपाल टेलिकमका म्यानेजिंग डिरेक्टर विशेष अतिथिको रुपमा उपस्थिति भएका थिए ।

उक्त ट्यालेन्ट शोमा विभिन्न क्षेत्रका व्यक्तित्वहरुले निर्णायकको भूमिका खेलेका थिए ।

कार्यक्रममा प्रमुख एवं कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले ट्यालेन्ट शोमा निर्णायकको भुमिका खेल्नु हुने निर्णायक मण्डलका सदस्यहरु एवं विशेष अतिथिहरुलाई टोकन अफ लभ हस्तान्तरण गर्नुभएको थियो । साथै नेप्लिज फेसन होमकी प्रमुख हेमा मानन्धरले कार्यक्रमका प्रमुख अतिथि एवं कीर्तिपुरका मेयर रमेश महर्जनलाई आयोजक संस्था नेप्लिज फेसन होमको तर्फबाट मायाको चिनो हस्तान्तरण गर्नुभएको थियो । 

सन् २०११ की मिस नेवाः सुनिता डंगोलले संचालन गर्नुभएको उक्त मिस नेवाः ट्यालेन्ट शोमा विभिन्न क्षेत्रका व्यक्तित्वहरु एवं पुराना मिस नेवाःहरुको सहभागिता रहेको थियो ।

Categorized in साहित्य-कला