STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कीर्तिपुरमा सरकारविरोधी प्रदर्शन, सडकबाटै प्रधानमन्त्रीको राजिनामा मागियो

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ ३१, शनिबार

कीर्तिपुरका युवाहरुले सरकारको नकारात्मक कदमको विरोध गर्दै प्रधानमन्त्री केपी शर्माको राजीनामा समेत मागेका छन् । सरकारको विरोध प्रदर्शनको क्रममा युवाहरु सडकमा उत्रिएर विरोधका प्लेकार्ड प्रदर्शन गरे । लकडाउनको समय सरकारले कोरोना भाइर संक्रमणको लागि उपयुक्त कदम नचालेको, जनताको करबाट राष्ट्रपतिको आलिशान करोडौं पर्ने कार्पेट काण्ड, एमसीसी काण्ड, कोरोना रोकथाममा १० अर्ब खर्च, भारतसँगको सीमा विवाद, प्रम ओलीको उपचार खर्च इत्यादि विषयमा विरोधको आवाज उठाई विभिन्न प्लेकार्ड प्रदर्शन गर्न कीर्तिपुरका युवाहरु सडकमा उत्रिएका छन् । शुक्रबार कीर्तिपुरमा भएको प्रदर्शनमा केही अश्लील ब्यानरहरु पनि देखिए । यसलाई युवाहरुको क्रोधको प्रतीकको रुपमा लिइएको छ । यसका साथै प्रदर्शनकारीहरु लाखेको भेषमा पनि आएका थिए ।
Categorized in राजनीति