STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कीर्तिपुरमा १२ औं नेवाः एकता दिवस भव्य रुपमा मनाइयो

Janjati Khabar – –ललेन्द्र शाक्य– | २०७८ पौष २८, बुधबार

ने.सं. ११४२ पोहेलाथ्व नवमी (२०७८ पुस २७ गते) मंगलबार १२ औं नेवाः एकता दिवस कीर्तिपुर नगरपालिका ८ वडा पांगाको लाछिमा भव्य रुपमा मनाइयो ।

१२ औं नेवाः एकता दिवस संयुक्त आयोजक समितिको आयोजनामा भएको उक्त नेवाः एकता दिवसमा कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनका साथ काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य एवं तोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीको विशेष उपस्थिति रहेको थियो र उहाँहरुलाई आयोजक समितिको तर्फबाट सम्मान पत्र हस्तान्तरण गरिएको थियो ।

कीर्तिपुर नगरपालिकाबाट ‘कीर्तिपुर नगरलाई सांस्कृतिक संरक्षित क्षेत्र घोषणा गरी त्यसलाई कार्यान्वयनको निम्ति कानूत समेत निर्माण गरिसकेको उल्लेखनीय कार्य गरेको साथसाथै कीर्तिपुर नगरभित्र स्थानीय पाठ्यक्रम नेपालभाषा अध्ययन अध्यापन गराउने तथा नेवाः संस्कृति, सम्पदा संरक्षण एवं सम्बद्र्धनमा योगदान गरेको कार्यप्रति समस्त नेवाः समुदायबाट उच्च कदर गर्दै’ भन्दै कार्यक्रममा संयोजक एवं नेवाः देय् दबूका केन्द्रीय अध्यक्ष नरेश ताम्रकारले कीर्तिपुर नगरपालिकका प्रमुख रमेश महर्जनलाई सम्मान पत्र हस्तान्तरण गर्नुभएको थियो ।

गत ने.सं. ११३० पोहेलाथ्व नवमिका दिन नेवाः राज्यको माग गरी काठमाडौं त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा स्वतःस्फूत रुपमा लाखौं लाख नेवाः समुदायहरु भेला भएको दिनलाई स्मरण गर्दै प्रत्येक वर्ष यही नेपाल संवतको तिथि अनुसार पोहेलाथ्व नवमिका दिन नेवाः एकता दिवस मनाउँदै आइरहेको छ ।

Categorized in उपत्यका