कीर्तिपुर प्रहरी वृत्तको बोर्डमा रञ्जना लिपि
Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण २२, बिहिबार
काठमाडौं – जनैपूर्णिमा र रक्षाबन्धनको अवसरमा महानगरी प्रहरी वृत्त कीर्तिपुर कार्यालयमा रञ्जना लिपि समावेश बोर्ड राखिएको छ ।
कीर्तिपुर महानगरीय प्रहरी वृत्तमा प्रमुखको रुपमा डिएसपी रुकेश तण्डुकार आएपछि नेपालको मौलिक लिपि रञ्जना लिपि समावेश भएको बोर्ड राखिएको हो ।
नेपालको परिचय र गौरव बोकेको रञ्जना लिपिको प्रयोग गरिएकोमा तण्डुकारले स्थानीयको शुभकामना पाइरहेका छन् ।
सन् १९४९ जुलाई २२ मा नेपालले संयुक्त राष्ट्र संघको सदस्यता लिन नेपालको मौलिक लिपिको रुपमा रञ्जना लिपिलाई दर्ता गराएका थिए । यसै लिपिको आधारमा सन् १९५५ डिसेम्बर १४ मा नेपालले संयुक्त राष्ट्र संघको सदस्यता लिएको थियो ।
Categorized in उपत्यका