STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कुसुण्डा भाषा बोल्ने ज्ञानीमैयाको घरमा खानेपानी धारा जडान

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १०, शुक्रबार

विश्वमै एकमात्रै कुसुण्डा भाषा जान्नुभएकी दाङ लमही नगरपालिका वडा नं ६ निवासी ज्ञानीमैया कुसुण्डाको घरमा खानेपानीको धारा जडान गरिएको छ । यसअघि खोलाको पानी पिउँदै आउनुभएकी कुसुण्डाको घरमा लमही खानेपानी तथा सरसफाइ संस्थाले धारा जडान गरेको हो । धारा जडान गरेपछि ज्ञानीमैयालाई अब खानेपानी ल्याउन खोला जानुपर्ने बाध्यता टरेको छ । ८५ वर्षीया ज्ञानीमैया घरमा एक्लै भएको र स्वच्छ खानेपानीको पहुँचभन्दा टाढा रहेको भन्दै खानेपानी जडान गरिएको लमही खानेपानी तथा सरसफाइ संस्थाका सचिव सनमकुमार पौडेलले बताउनुभयो । पैसाको अभावमा यसअघि उहाँले धारा जडान गर्न सक्नुभएको थिएन् । “मसँग धारा जोड्ने पैसा नै थिएन, अहिलेसम्म खोलाकै पानी खाँदै आएकी थिए”, उहाँले भन्नुभयो, “अब भने सजिलो भयो ।” कुसुण्डा भाषा अहिले विश्वमै लोपोन्मुख भएको अवस्थामा उक्त भाषालाई संरक्षणका लागि ज्ञानीमैयाबाट देशभरका कुसुण्डाले उक्त भाषा सिकिरहेका छन् । आफ्नो निधनपछि यो भाषा बोल्ने मान्छे हुँदैनन्, ज्ञानीमैयालाई चिन्ता छ । “अहिलेसम्म म मात्रै रहेछु, यो भाषा जानेकी, अब म नै मरे भने कसले बोल्ला यो भाषा”, उहाँले भन्नुभयो, “अहिले केही नानीबाबुले सिकिरहेका छन्, उनीहरुले सिकेपछि यो भाषा बोल्ने अलि धेरै होलान् ।” विश्वमै कुसुण्डा भाषा जानेकी ज्ञानीमैया मात्रै भएकाले उहाँको निधनपछि भाषा लोप हुने भन्दै भाषा संरक्षण गर्न ध्यान दिन थालिएको छ । साथै सरकारले ज्ञानीमैयाका लागि दुई कोठे घर निर्माण गरि दिएको छ । सरकारले पनि यो भाषा संरक्षणका लागि चासो देखाएको छ । अहिले लमहीमै विभिन्न कक्षा सञ्चालन गरेर कुसुण्डा भाषा संरक्षण गरिरहेको छ ।
Categorized in राष्ट्रिय