कैलाशखोलाले बगाएका १७ जनामध्ये, ६ को शव भेटियो
Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र ३, बुधबार
अछाम : अछामको रामारोशन गाउँपालिकाका कैलाशखोलाले बगाएका १७ जना मध्ये ६ जनाको शव भेटिएको छ भेटिएको छ ।
गए रातिको अबिरल वर्षासँगै आएको बाढीले रामारोशन गाउँपालिका-५ सैनिबजारबाट बगाएका १७ जना मध्ये ६ जनाको शव कैलाशका विभिन्न स्थानमा भेटिएको हो।
४ जनाको बान्नीगढी जयगढ गाउँपालिका-६ दर्नामा पर्ने कोसेडा क्षेत्रमा भेटिएको स्थानीयले जानकारी दिए।
यस्तै २ जनाको मंगलसेन नगरपालिका-३ मा पर्ने लमतणा र सेरीमा भेटिएको थियाे। जनप्रतिनिधि, प्रहरी, स्थानीयको टोली उद्धारका लागि सैनिबजारमा गइसकेको रामारोशन गाउपालिकाका अध्यक्ष झंकर बहादुर साउदले जानकारी दिए।
सदमुकामबाट पैदलमा करिब ७ घण्टा लाग्ने भएकाले चाडै उद्धारमा कठिनाइ भए पनि पहल भइरहेको अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले बताए। हेलिकप्टर मार्फत उद्धारका लागि केन्द्रसँग समन्वय भरहेको प्रमुख जिल्ला अधिकारी उपाध्यायले जानकारी दिए।
Categorized in अपराध-दुर्घटना