STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कोटेश्वर भाटभटेनीमा राजावादी समूह पसेर लुटे सामग्री

Janjati Khabar – Janjati Khabar | २०८१ चैत्र १५, शुक्रबार

काठमाडौं - कोटेश्वरको भाटभटेनीमा राजावादी समूह प्रवेश गरेर तोडफोड गरेका छन् । दिउसो ३ बजेर ५० मिनेट जाँदा प्रदर्शनकारी भाटभटेनीमा प्रवेश गरेर त्यहाँभित्र रहेका सामग्री लुटपाट गरेका हुन् ।

“कोटेश्वरस्थित स्टोरमा प्रदर्शनकारी प्रवेश गरेर रक्सीलगायतका सामग्री लिएर हिँडेका छन्, तोडफोड गरे,” भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङले भने ।

प्रहरीलाई समयमै खबर गरिएको भए पनि अहिलेसम्म पुगेको छैन ।

"४० मिनेट भइसक्यो प्रहरीलाइ खबर गरिएको तर अझै आइपुगेको छैन," भाटभटेनीका सीओओ  पानु पौडेलले भने । प्रदर्शनकारी स्टोरमा छिरेर तोडफोड गरेका छन् । 

Categorized in राजनीति