STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कोरोनाबाट एकैदिन ७ जनाको मृत्यु : हजार बढीमा संक्रमण पुष्टि : उपत्यकामा २०५ जना नयाँ संक्रमित

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २, मंगलबार

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सात जनाको ज्यान गएको छ। योसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या ११४ पुगेको हो। यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा हजार बढी व्यक्तिमा संक्रमण पुष्टि भएको छ। प्रवक्ता गौतका अनुसार एक हजार १६ जनामा संक्रमण पुष्टि भएको हो। २४ घण्टामा अहिलेसम्मकै यो सबैभन्दा बढी संक्रमण हो। योसँगै नेपालमा कुल कोरोना संक्रमितको कुल संख्या २८ हजार दुई सय ७५ पुगेको छ।  मंगलबार काठमाडौं उपत्यकामा थप २०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं जिल्लामा १३८ जना,ललितपुरमा ५० जना र भक्तपुरमा १७ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  पछिल्लो २४ घण्टामा १३ हजार १६१ जनाको स्वाबको पीसीआर परीक्षण गर्दा अहिलेसम्मकै सबैभन्दा बढीमा संक्रमण पुष्टि भएको हो। १०१६ जनामा कोरोना संक्रमण हुँदा २४ घण्टामा ८५ जनाले मात्र कोरोना जितेका छन्। डिस्चार्ज हुनेको कुल संख्या भने १७ हजार ५८० पुगेको छ। देशभर संक्रिय संक्रमितको संख्या १० हजार ५६३ रहेको छ।  
Categorized in राष्ट्रिय