STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कोरोनाबाट नेकपामा नेतासहित चितवनमा थप दुईको मृत्यु

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र १५, सोमबार

काठमाडाैं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेतासहित चितवनमा २जनाकाे कोरोना संक्रमणाबाट मृत्यु भएकाे  छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता शोभाखर चापागाईको कोरोना सङ्क्रमणबाट निधन भएको छ । उहाँ श्वासप्रश्वास र दमको समस्या भएपछि यही भदौ ६ गते भरतपुर अस्पतालमा भर्ना हुनुभएको थियो । उचारका क्रममा आज विहान उहाँकोे निधन भएको अस्पतालले जनाएको छ । भरतपुर महानगरपालिका वडा नं ६ केदरबाग निवासी ८७ उहाँमा भदौ २ गते कोरोना सङ्क्रमण पुष्टि भएको बताइएको छ । उहाँ ज्येष्ठ कम्युनिष्ट मञ्च चितवनको सदस्य हुनुहुन्थ्यो । कम्युनिष्ट नेता एवं उहाँका समकालीन विष्णु घिमिरेका अनुसार चापागाई विसं २०२५ मा गठित ननसेन्टरबाट राजनीतिमा आबद्ध हुनुभएको हो । जिल्ला नेता हरि सापकोटाका अनुसार चापागाईको राजनीतिसँगै सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान रहेको छ । यसैगरी भरतपुर अस्पतालमा उपचाररत एक पुरुषको कोरोना सङ्क्रमणबाटा सोमबार मृत्यु भएको छ । अस्पतालको कोभिड–१९ क्लिनिकल टिमका संयोजक डा प्रमोद पौडेलका अनुसार भरतपुर महानगरपालिका–६ का ७८ वर्षीय वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो भदौ २ गते कोरोना सङ्क्रमण पुष्टि भएका उहाँलाई सास फेर्न समस्या भएपछि ६ गते उपचारका लागि भरतपुर अस्पतालको कोभिड सघन उपचार कक्षमा भर्ना गरिएको थियो । उहाँको आज बिहान ७ः२० मा मृत्यु भएको पौडेलले जानकारी दिनुभयो । योसँगै कोरोनाका कारण चितवनमा १३ जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा चितवनका छ जना रहेका छन् । तीमध्ये एक जनाको घरमै मृत्यु भएको हो भने अन्यको अस्पतालमा मृत्यु भएको थियो । यस्तै मकवानपुरका तीन, कैलाली, गोरखा, बारा र सुस्ता पूर्व नवलपरासीका एक÷एक जना रहेका छन् । यसैगरी कोरोना भाइरस सङ्क्रमणका कारण रुपन्देहीमा थप एक जनाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका –५ की ६८ वर्षीया महिलाको गए राति ९ बजे मृत्यु भएको तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्रश्रीले जानकारी दिनुभयो । यही भदौ ११ गते कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि होम आइसोलेशनमै बस्नुभएकी महिलालाई स्वास्थ्यमा समस्या आएपछि भैरहवास्थित भीम अस्पतालमा लैजाने क्रममा बाटामै मृत्यु भएको हो । शव अस्पतालमै रहेको नगरपालिकाले जनाएको छ ।
Categorized in राष्ट्रिय