कोरोना कोषमा नेवाः देय् दबूको सहयोग
Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख २६, शुक्रबार
काठमाडौं – नेवाः देय् दबू केन्द्रीय समितिले कोभिड १९ तथा कोरोना उपचार कोषमा आर्थिक सहयोग गरेको छ ।
सरकारद्वारा गठित उक्त कोषमा नेवाः देय् दबूको तर्फबाट महासचिव माइलाबाबु द्योलाले १ लाख ११ हजार १११ रुपैयाँको चेक नागरिक उड्डयन तथा संस्कृति मन्त्री योगेश भट्टराईलाई बुझाएका थिए ।
नेवार समुदायको राष्ट्रिय संगठन नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्राकारले अहिले देश ठूलो समस्यामा रहेकोले देय् दबूको तर्फबाट सरकारलाई सक्दो सहयोग गर्ने बताएका छन् ।
Categorized in राष्ट्रिय