कोरोना भाइरसको संक्रमण रोक्न सार्वजनिक लगायतका यातायात बन्द
Janjati Khabar – जनजाति खबर | २०७६ माघ १०, शुक्रबार
अधिकारीहरुले यहाँका ३ करोड २० लाख व्यक्ति प्रभावित भएको चिनियाँ स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् ।
हुबेई प्रान्तमा जिङ्गजोउ अधिकारीहरुका अनुसार शहरबाट छुट्ने सबै रेल सेवाहरु शुक्रबार बिहानबाट बन्द भएका छन् । त्यसैगरी सार्वजनिक बस, यातायातका अन्य साधनहरु, पर्यटन बस, डुङ्गा आदिलाई अस्थायी रूपमा सञ्चालन पनि रोकिने बताइएको छ ।
यसरी सार्वजनिक सवारीमा लगाइएको यस किसीमको प्रतिबन्धबाट करिब ३ करोड २० लाख व्यक्ति पनि प्रभावित भएका प्राप्त समाचारमा जनाइएको छ ।
कोरोना भाइरस सङ्क्रमणको सबैभन्दा बढी प्रभावित मानिएको क्षेत्र चीनको हुबेई हो । हुबेई प्रान्तको वुहान सहरमा यसको बढी प्रभाव देखिएको र त्यहीँबाट नै यसको उत्पत्ति भएकोले पशुबजारमा पनि कडा नियम गरिएको छ ।
वुहान शहरका हाल ८ सय ३० व्यक्ति यस भाइरसबाट सङ्क्रमित भएका राष्ट्रिय स्वास्थ्य विभागले जनाइएको छ ।
चीनका विभिन्न २५ प्रान्तमा यो भाइरसको सङ्क्रमण फैलिएको छ । तर बढी प्रभावित भएका भनिएका हुबेइ प्रान्तका नौ ओटा शहरमा यस्तो किसीमको प्रतिबन्धको घोषणा गरिएको बताइएको छ ।
ती शहरका स्थानीय प्रशासनले जङ्गली जनावर र पशु बजारका क्षेत्रमा कडाई गर्न निर्देशन दिइएको हो । यस भाइरसबाट हुबेई प्रान्तमा नै बढी व्यक्तिको ज्यान गएको छ ।
यस भाइरसबाट मृत्यु हुनेमध्ये धेरै ४८ देखि ८९ वर्ष उमेरका व्यक्ति रहेका पनि जनाइएको छ । यो सङ्क्रमणको संख्यामा करिब पाँच हजार ९०० जनालाई उपचारार्थ भर्ना गरिएको थियो । यी मध्ये १७७ व्यक्तिको अवस्था गम्भीर रहेको जनाइएको छ ।
यद्यपी यसबाट निको भएर करिब एक हजार जना व्यक्ति अस्पतालबाट घर पनि फर्किएका छन् । चीनको वुहानको जनसङ्ख्या भन्डै एक करोड रहेको छ । त्यसैले उक्त सङ्क्रमणको उत्पत्ति भएको सो क्षेत्रमा सरकारले बढी निगरानी राखिरहेको पनि बताइएको छ ।
गत बुधबार प्राप्त एक समाचारमा अमेरिकाको सियाटलमा एक जना व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण भएको अमेरिकी अधिकारीले जनाएका छन् । चीनको हुबेइबाट केही दिनअघि अमेरिका फर्किएका एकजना अमेरिकी नागरिकमा यसको सङ्क्रमण भेटिएको हो ।
त्यसैगरी जापानको राजधानी टोकियोमा पनि एक जना व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएको अधिकारीले जनाएका छन् ।
दक्षिण कोरिया, ताइवान, हङकङ, मकाउ र थाइल्याण्डमा पनि यस सङ्क्रमणका एक–एक जना भेटिएका छन् ।
चीनका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार यस प्रकोपबाट अहिलेसम्ममा २६ जनाको ज्यान गएको बताएका छन् ।
Categorized in अन्तर्राष्ट्रिय


