कोरोना महामारी बीच विहारमा मतदान
Janjati Khabar – एजेन्सी | २०७७ कार्तिक १२, बुधबार
कोरोना महामारीका बीच भारतको विहारमा विधानसभा चुनावको पहिलो चरणको मतदान सुरू भएको छ ।
२४३ सिट रहेको विहार विधानसभामा दुईवटा गठबन्धनबीच कडा प्रतिष्पर्धा हुने भारतीय सञ्चारमाध्यमले जनाएको छ ।
नीतिश कुमारको नेतृत्वमा रहेको एनडीए र तेजस्वीको नेतृत्वमा रहेको गठबन्धनबीच प्रतिष्पर्धा रहेको बीबीसीले आफ्नो समाचारमा जनाएको छ ।
पहिलो चरणमा प्रमुख नेताहरु चुनावी मैदानमा छन् ।
Categorized in अन्तर्राष्ट्रिय

