कोरोना विश्वव्यापी महामारी
Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण २९, बिहिबार
काठमाडौं– विश्वमै कोरोना भाइरसको संक्रमणले आपतकालीन अवस्था निम्तिएपछि बुधबार विश्व स्वास्थ्य संगठनले कोरोनाको संक्रमणलाई महामारी घोषणा गरेको छ ।
चीनको हुबेई प्रान्तको राजधानी बुहानबाट सुरु भएको कोरोना भाइरसको महामारी अहिलेसम्म १०० भन्दा बढी देशमा पुगिसकेको छ । हालसम्म विश्वभरि कोरोना भाइरस संक्रमितको संख्या १ लाख २२ हजार २ सय ८९ पुगिसकेको छ भने यसबाट मृत्यु हुनेको संख्या ४ हजार ३ सय ८९ छ । यस भाइरसको संक्रमण भएर निको भएकाहरु ६७ हजार ९ जना रहेका छन् ।
Categorized in अन्तर्राष्ट्रिय