STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कोरोना संक्रमित प्रहरी भिड नियन्त्रणमा !

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र १९, शुक्रबार

काठमाडाैं – ललितपुरको पुल्चोकमा रथयात्रा विषयमा भएकाे झडपमा खटिएका १८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार महानगरीय प्रहरी परिसर, ललितपुरका इन्स्पेक्टरसहित १८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको महानगरीय प्रहरी परिसरले जनाएकाे  छ। उनीहरूले परीक्षणका लागि केही दिन पहिले स्वाब दिएको थाहा हुन आएकाे छ ।  कोरोना परीक्षणका लागि स्वाब दिएपछि आइसोलेसन बस्नुपर्ने नियम रहे पनि ती प्रहरीलाई भिड नियन्त्रणमा खटाइएकाे हो । शुक्रबार नै महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा १३ जनामा संक्रमण देखिएको छ भने ट्राफिक प्रहरी महाशाखामा र काठमाडौं परिसरका १५-१५ जनामा संक्रमण देखिएको छ। ललितपुरकाे झडप नियन्त्रणमा पुगेका ती प्रहरीले भिडका के कति सर्वसाधारणलाई संक्रमित बनाएकाे प्रश्न खडा भएकाे छ ।
Categorized in उपत्यका