STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

क्याप्टेन मनिषरत्न शाक्य खतरामुक्त

Janjati Khabar – Janjati Khabar | २०८१ श्रावण १०, बिहिबार

काठमाडौं - सौर्यको  विमान दुर्घटनाबाट घाइते भएका क्याप्टेन मनिषरत्न शाक्य खतरामुक्त रहेका छन् । बुधबार साँझ सिनामंगलमा रहेको केएमसी अस्पताल पुगेर भेटेपछि ओलीले क्याप्टेन शाक्य खतरामुक्त रहेको जानकारी दिएका हुन् ।

"उहाँलाई आईसीयूमा उपचार गरिएको छ । चिकित्सक र परिवारजनसँग उहाँको अवस्थाबारे जानकारी लिएँ । उहाँ खतरामुक्त हुनुहुन्छ," ओलीले फेसबुकमार्फत भनेका छन् ।

प्रधानमन्त्री ओलीले 'अब यस्तो कहिल्यै नहोस्' भन्ने कामना पनि गरेका हन् ।

बुधबार सौर्य एयरको जहाज त्रिभुवन विमानस्थलमा दुर्घटना हुँदा क्याप्टेन शाक्यबाहेक अरू सबै १८ जनाले ज्यान गुमाएका थिए । उनको केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

Categorized in अपराध-दुर्घटना