STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

क्रोधकला शिरोमणि कालु कुमालेको जीवनीमा आधारित म्युजिक भिडियो सार्वजनिक

Janjati Khabar – विजयरत्न असंबरे | २०८२ आश्विन २८, मंगलबार

क्रोधकला शिरोमणिका रुपमा सुप्रसिद्ध प्राज्ञ कालु कुमाले कुम्हा: ज्यूको ९३ औं वर्ष प्रवेशको अवसरमा  क्रोधकला शिरोमणि फाउन्डेसनको प्रस्तुति स्वरुप "शान्त स्वभावका" शिर्षककाे म्युजिक भिडियो सोमबार एक समारोहमा प्रिमियर गरिएको छ । किर्तिपुर सिनेप्लेक्स हलमा सम्पन्न सो समारोहमा  क्रोधकला शिरोमणि कालु  कुम्हा: लाई समान गर्नु हुँदै कीर्तिपुर नगरपालिकाका नगर प्रमुख कृष्ण मान डंगोलले उहाँ नेपालको मुर्तिकला क्षेत्रका जिवित धरोहर भएको कुरा बताउनु भयो । 

नरेन्द्र प्यासीको स्वर र संगीत रहेको सो गीतको रचनाकार प्रेम महर्जन हुनुहुन्छ भने सम्पादन र छायाङ्कन पनि निर्देशक लुजः सिंह कै रहेको छ । 

नगर प्रमुख डंगोलले क्रोधकला शिरोमणि कालु  कुम्हा: लाई सम्मान पत्र अर्पण गर्नुकासाथै दोसल्ला अोढाउनु भएको थियो ।

सो समारोहमा प्राज्ञ कालु कुम्हाको जीवनीमा आधारित म्युजिक भिडियो बारे अग्रज चलचित्र पत्रकार विजयरत्न असंबरे ले समीक्षात्मक टिप्पणी राख्नु भएको थियो भने क्रोधकला शिरोमणि फाउन्डेसनका अध्यक्ष राकेश अवालेले स्वागत गन्तव्य राख्नु हुँदै कालु कुम्हाको जीवनका विविध पक्षमाथि प्रकाश पार्नु भयो । यस्तैगरी उक्त म्युजिक भिडियो का निर्देशक लुजः सिंहले सो भिडियो निर्माणसंग सम्बद्ध अनुभव सुनाउनु भयो भने लोककवि राजभाइ जकमिले कालु कुम्हाको जीवनीमा अाधारित कविता वाचन गर्नु भएको सो समारोहमा म्युजिक भिडियोमा आबद्द व्यक्तित्वहरु लाइ खादा अोढाएर सम्मान गरिएको थियो ।  ।

Categorized in साहित्य-कला