खान–बस्न समस्या परे सम्पर्क गर्न नेकपा जिल्ला कार्यालय काठमाडौंको अपिल
Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख ८, सोमबार
काठमाडौं– कोरोना संक्रमण रोकथाम र नियन्त्रणको लागि सरकारले लागु गरेको लकडाउनलाई पूर्ण पालना गरी जो जहाँ छन् त्यहीं रहन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कार्यालय काठमाडौंले अपिल गरेको छ ।
लकडाउनको समय कसैलाई खान र बस्नको समस्या भए नेकपाको जिल्ला, नगर र वडा कमिटीहरु समन्वयको लागि तयार रहेको जानकारी पनि दिइएको छ । जो जहाँ छन् त्यहाँ रहँदा समस्या भए बसेको ठाउँको वडाका जनप्रतिनिधि, मेयर, उपमेयर, जिल्ला समन्वयका प्रमुख, उपप्रमुख, सदस्य, प्रदेश तथा संघीय सांसदहरुको सम्पर्क पुग्न पनि नेकपा जिल्ला कार्यालय काठमाडौंले अपिल गरेको छ ।
सम्र्पको लागि नेकपाले काठमाडौं जिल्ला कमिटीका अध्यक्ष कृष्ण राई (९८५१०७५२२४), सचिव हिमाल शर्मा (९८५१०२९२३८) को सम्पर्क नम्बर पनि दिएको छ । यसैगरी केन्द्रीय सदस्यहरुको नाम र सम्पर्क नम्बर पनि नेकपा जिल्ला कार्यालय काठमाडौंले प्रदान गरेको छ ।
(अन्य नाम र नम्बरको लागि अपिल–पत्र हेर्नुहोला)
Categorized in राष्ट्रिय