गढीमाई विकासका लागि डिपिआर तयार हँुदै
Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन १४, मंगलबार
भारतीय सीमासँग जोडिएको बाराको गढीमाई नगरपालिका–१ मा रहेको प्रसिद्ध धार्मिक तथा प्राचीन शक्तिपिठ गढीमाई मन्दिर तथा सो क्षेत्रको विकासका लागि नगरपालिकाले रु एक अर्ब ९० करोडको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार गरिरहेको छ ।
नगरप्रमुख उपेन्द्रप्रसाद यादवले गढीमाई क्षेत्रमा रहेको ऐतिहासिक पोखरीको मध्यभागमा सूर्यदेवताको मन्दिर बनाउन रु १२ करोडको डिपिआर तयार भइरहेको जानकारी गराउनुभयो । सो क्षेत्रको ऊर्जा, खानेपानी बाटोजस्ता पूर्वाधारको विकास गर्न नगरपालिकाले डिपिआरसमेत तयार गरेको बताइएको छ । करीब २६५ वर्षको लामो इतिहास बोकेको गढीमाई क्षेत्रमा प्रत्येक पाँच–पाँच वर्षमा धार्मिक मेला लाग्ने गरेको छ ।
त्यहाँ नेपाललगायत भारतबाट लाखौँ दर्शनार्थी मेला भर्न आउने गरेका छन् । मेला भर्न आउने दर्शनार्थीको सुविधालाई ध्यानमा राखी नगरपालिकाले सो क्षेत्रमा बासस्थान, खानेपानी, शौचालयलगायतको व्यवस्था गरेको छ । विश्वमा सबैभन्दा बलि दिने गढीमाई मेला विश्वको सबैभन्दा ठूलो मेला मानिन्छ । सो मन्दिरका ११औँ पुस्ताका पुजारीका रुपमा शिव चौधरी हुनुहुन्छ् ।
सो क्षेत्रलाई धार्मिक पर्यटनको क्षेत्रीय क्षेत्रका रुपमा विकास गर्न नगरपालिका कटिबद्ध रहेकाले यसमा प्रदेश सरकार र सङ्घीय सरकारको समेत सहभागिता हुनुपर्ने स्थानीयवासीको माग छ । उक्त मेला असोजदेखि शुरु भई मङ्सिरसम्म रहने गरेको गढीमाई मन्दिर सञ्चालक तथा विकास समितिले जनाएको छ ।
Categorized in राष्ट्रिय


