STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

गरीब तथा जेहेन्दारलाई छात्रवृत्ति प्रदान

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख २३, सोमबार

ख्वप कलेज तथा शारदा क्याम्पसमा स्नातक तह पहिलो र दोस्रो वर्ष, बीबीएम पहिलो सेमेष्टर तथा स्नातकोत्तर तह दोस्रो सेमेष्टरमा अध्ययनरत गरीब तथा जेहेन्दार ८० विद्यार्थीलाई आइतबार छात्रवृत्ति प्रदान गरिएको छ । 
 
सो अवसरमा भक्तपुर नगरपालिकाका प्रमुख एवं कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले आर्थिक अवस्था कमजोर भएकै कारण बीचमा पढाइ छाड्न नपरोस् भन्ने उद्देश्यले नगरपालिकाले शैक्षिक प्रमाणपत्र धितो राखेर रु पाँच लाखसम्म सहुलियत ब्याजदरमा ऋण लिनसक्ने व्यवस्था गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नगरपालिकाले सहुलियत शैक्षिक ऋण प्रवाह सम्बन्धमा कार्यविधिसमेत निर्माण गरेर कार्यान्वयनमा ल्याइसकेको छ ।”
 
उहाँले गरीब तथा जेहेन्दार विद्यार्थीको समेत उच्च शिक्षामा पहुँच पु¥याउन सकियोस् भन्ने उद्देश्यले नगरपालिकाले कलेज सञ्चालन गरिरहेको बताउनुभयो । “भक्तपुर नगरमा बस्ने हरेक नागरिक स्वस्थ र शिक्षित होस् भन्ने उद्देश्यले नगरपालिकाले काम गरिरहेको छ । भनपालाई देशकै नमूना नगर बनाउने हाम्रो योजना छ । भनपाबाट आगामी दिनमा सञ्चालन हुने ख्वप विश्वविद्यालय देशकै नमूना विश्वविद्यालय हुनेछ”, उहाँले भन्नुभयो, “हाम्रा विद्यार्थी अनुशासित हुनुका साथै २१ औँ शताब्दीको चुनौतीलाई सामना गर्न सक्ने सक्षम हुनुपर्छ । सबै विद्यार्थीलाई सम्मान ढङ्गले अगाडि बढाउने सोच नपाले लिएको छ । नपाको अनुमतिमा अनुसन्धान तथा रिपोर्ट तयार गर्ने विद्यार्थीलाई नगरपालिकाले आर्थिक सहयोग दिने व्यवस्था गरेको छ ।”
सोध÷अनुसन्धानको निचोडअनुसार नगरपालिकाले सरसफाइ, सम्पदा संरक्षण, पुनःनिर्माण, स्वास्थ्य सेवा, पर्यटन विकास र शिक्षा क्षेत्रमा विशेष जोड दिई कार्य गरिरहेको जानकारी दिँदै नगर प्रमुख प्रजापतिले समाज उपयोगी हुने विषयमा अनुसन्धान गर्नुपर्ने खाँचो औँल्याउनुभयो । 
 
ख्वप कलेजका प्राचार्य रूपक जोशीले कलेजको छात्रवृत्ति प्रदान गरिने नियमबारे जानकारी दिँदै विश्वविद्यालयले निर्धारण गरेअनुसार कलेजले छात्रवृत्ति प्रदान गर्दै आएको बताउनुभयो । 
Categorized in राष्ट्रिय