STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

गायिका दिलमाया सुनारको हत्या भएको प्रहरीको निष्कर्ष

Janjati Khabar – Janjati Khabar | २०७९ श्रावण ३, मंगलबार

काठमाडौं - गत असार ११ गते आफ्नै कोठामा मृत भेटिएकी लोकदोहोरी गायिका दिलमाया सुनारको हत्या भएको प्रहरीले निष्कर्ष निकालेको छ। 

प्रहरी वृत बालाजुका डीएसपी गौतम मिश्रका अनुसार प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धान सकाएर सरकारी वकिल समक्ष प्रतिवेदन बुझाएको छ। 

उनी आफ्नै कोठाको बेडमा मृत भेटिएकी थिइन्। उनका प्रेमी भनिएका सिन्धुपाल्चोक साँगाचोकगढीका सुर्य भन्ने खिलबहादुर श्रेष्ठले नै हत्या गरेको भन्दै दिलमायाका आफन्तले जाहेरी दिएका थिए। श्रेष्ठलाई घटनाको अर्को दिन प्रहरीले प्रक्राउ गरेको थियो। 

बालाजु वृतका डिएसपी गौतम मिश्रका अनुसार प्रहरीले सूर्यलाई कर्तव्य ज्यान सम्बन्धी कसुरमा सजाय माग गर्दै प्रतिवेदन बुझाएको हो। 

मिश्र भन्छन्, 'घटनाको दिन सूर्य दिलमायाकै कोठामा हुन्, दिलमायाको मृत शरीर बेडमा हुनु, झुण्डिएको भनिएको सल झाडीमा भेटिनु, मोबाइल अहिलेसम्म फेला नपर्नु, मृत शरीर कोठामा छाडेर सूर्य कोठाबाट निस्कनु, घटना देख्ने सुन्ने साक्षीको बयानलगायतका प्रमाणहरू प्रहरीले नोटिसमा राखेको छ।'

गायिका सुनारको मृत्यु हुने रात उनले सामाजिक सञ्जालमा निरासावादी स्टाटस समेत लेखेकी थिइन्। यो स्टाटससमेत आरोपित सूर्यले लेखेको हुनसक्ने प्रहरीको अनुमान छ। 

Categorized in अपराध-दुर्घटना