STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

गाेंगःबुँबाट १० किलो गाँजा समातियो

Janjati Khabar – Janjati Khabar | २०७७ कार्तिक १६, आइतबार

काठमाडौं – प्रहरीले काठमाडाैंकाे गाेंगःबुँ क्षेत्रबाट १० किलाे लागूऔषध गाँजासहित ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखा भिमसेन थापा गाउँपालिका–६ का २२ वर्षीय राहुल लम्साल, धादिङ गल्छी गाउँपािलका–१ का २५ वर्षीय इश्वर मगर र पाँचथर हिल्याङ गाउँपालिका–६ का १९ वर्षीय गणे मैनाली रहेका छन् ।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग गोगंबुबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।

नयाँबसपार्क पवित्रनगरस्थित मेघा गेष्ट हाउस अगाडि बा ९० प ६२८९ नम्बरको स्कुटरबाट निलो रंगको प्लष्टिकको ठूलो झोला निकालेर गेष्ट हाउसतर्फ लैजाँदै गर्दा पक्राउ परेका उनीहरुको साथबाट १० किलोग्राम गाँजा बरामद भएको एसपी राठौरले बताए । पक्राउ परेका उनीहरुको साथबाट ७ हजार रुपैयाँ नगद समेत बरामद भएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Categorized in अपराध-दुर्घटना