गुठी विधेयकको विरोध ,नेवाः आन्दोलनका अग्रज महेशमान श्रेष्ठ पक्राउ
Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २६, आइतबार
काठमाडौँको नेवार समुदायले सरकारले हालै ल्याएको गुठी विधेयकको विरोधमा आज यहाँ बृहत् प्रदर्शन गरेको छ । माइतीघर मण्डलमा भएको उक्त विरोध प्रदर्शनमा प्रहरीले बलसमेत प्रयोग गर्नुपरेको थियो । प्रदर्शनका क्रममा प्रहरीले चार आन्दोलनकारीलाई पक्राउ गरेको छ । यसक्रममा दुई जना घाइते भएका छन् । नेवाः आन्दोलनका अग्रज महेशमान श्रेष्ठ, अनिष वैद्य, कृष्ण गोपाल श्रेष्ठ र विकास महर्जनलाई प्रहरीले पक्राउ गरेको छ । आन्दोलनका क्रममा सजीव बज्राचार्य र महेश कारञ्जित घाइते हुनुभएको छ । दुबै जनाको नर्भिक र न्यूरो अस्पतालमा उपचार भइरहेको छ । नेवा राष्ट्रिय मुक्ति मोर्चाका नमस्ते सायमीका अनुसार शान्तिपूर्ण आन्दोलन गरिरहेका माथि प्रहरीले बल प्रयोग गरेको थियो । राष्ट्रियसभामा दर्ता भएको गुठी विधेयकमा गुठीको नाममा रहेको अमूल्य जग्गा समाप्त पार्ने नीति भएको भन्दै सरोकारवाला आन्दोलनमा उत्रेका हुन् ।