STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

गुठी विषयक परिषद्को बैठक बस्ने

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र ६, बिहिबार

काठमाडौं– गुठी विधयेकविरुद्ध संयुक्त संघर्ष समितिले चैत १४ गते शुक्रबार परिषद्को बैठक बोलाउने निर्णय गरेको छ । सरकारले पुनः गुठी विधयेक ल्याउन लागेको विषयमा बुधबार (चैत ५ गते) बसेको सल्लाहकार समितिको बैठकले उक्त निर्णय गरेको हो । सल्लाहकार समितिको बैठकले नेवारहरुको गुठी स्वायत्त हुनुपर्नेमा जोड दिएको थियो । संघर्ष समितिका अध्यक्ष डा. महेशमान श्रेष्ठको सभापतित्वमा बैठक बसेको थियो भने जनकवि दुर्गालाल श्रेष्ठ, मल्ल के. सुन्दर, हितकरवीरसिंह कंसाकारलगायतको उपस्थिति थियो ।
Categorized in राष्ट्रिय