STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

गुथि विधयेकको उपलब्धि विषयक संवाद र भर्चुअल गोष्ठी हुँदै

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ २, मंगलबार

काठमाडौं – सरकारले ल्याएको गुथि विधयेक विरुद्ध आन्दोलन भएको असार ४ गते एक वर्ष पूरा हुँदैछ । आन्दोलनको सम्झना र एक वर्ष अवधिमा यसबाट प्राप्त उपलब्धि विषयक संवाद र भर्चुअल विचार गोष्ठी हुनेभएको छ । गुथि विधयेकविरुद्ध संयुक्त संघर्ष समितिले असार ४ गते दिउँसो ४ बजे भर्चुअल विचार गोष्ठीको आयोजना गर्ने भएको छ । सो विचार गोष्ठीमा नेवार अगुवा मल्ल के. सुन्दर तथा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले गुथि विधेयकको आन्दोलनलाई लिएर आ–आफ्ना विचार राख्ने भएको छ । समितिले सो गोष्ठीमा सहभागी हुन सबैमा अनुरोध पनि गरेको छ । यसैगरी, नेवाः जागरण मञ्चको अनुरोधमा गुथि आन्दोलनको सम्झना र उपलब्धि विषयक एक संवाद कार्यक्रम हुने भएको छ । असार ३ गते दिउँसो ४ बजे सो संवादको प्रत्यक्ष प्रशारण नेवाः युट्युबको फेसबुक पेजबाट हुँदैछ । यस संवादमा गुथि विधयेक विरुद्ध आन्दोलनका संयोजक नेवार अगुवा डा. महेशमान श्रेष्ठ, नेवार अगुवा मल्ल के. सुन्दर र उपत्यका सडक विस्तार पीडित संघर्ष समितिका संयोजक सुमन साय्मिले आन्दोलनलाई लिएर आ–आफ्ना राख्ने भएका छन् । सो संवाद कार्यक्रमलाई पवित्र कसाःले संचालन गर्दैछन् ।
Categorized in उपत्यका