STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

गृहमन्त्रीविरुद्ध नेविसंघ प्रदर्शनमा

Janjati Khabar – Janjati Khabar | २०८१ जेठ ३, बिहिबार

काठमाडौं - सहकारी ठगीमा गृहमन्त्री रवि लामिछाने संलग्न भएको भन्दै प्रतिपक्षी नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ सडक प्रदर्शनमा उत्रिएको छ । 

उक्त संघले गृहमन्त्री उपर छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै सडक आन्दोलनमा उत्रिएको हो । 

नेपाल विद्यार्थी संघका कार्यकर्ताहरुले सहकारी पीडितले न्याय पाउनुपर्ने भन्दै आज (बुधबार) बिहान त्रिचन्द्र क्याम्पस अगाडिको सडक प्रदर्शनमा उत्रिएका हुन् । 

उनीहरुले आ–आफ्नो हातमा प्लेकार्ड बोकेर रवि दाई खै जीबी राई ? भन्दै नारामार्फत प्रश्न गरेका छन् भने लाखौँ सहकारी पीडितको करोडौँ बचत अपचलन गर्नेलाई पाप लाग्ने प्लेकार्डमा लेखेर प्रदर्शन गरेका छन् । 

गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न भएको भन्दै प्रतिपक्षी कांग्रेसले संसद् अवरुद्ध पार्दै आएको छ । गृहमन्त्रीले भने आफूले संसद्मा बोल्न पाउनुपर्ने माग राख्दै आएका छन् । 

Categorized in राजनीति