STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

गैरआवासीय नेपाली सङ्घको मतगणना जारी

Janjati Khabar – जनजाति खबर | २०७६ कार्तिक १, शुक्रबार

गैरआवासीय नेपाली सङ्घको नयाँ नेतृत्वका लागि भएको निर्वाचन प्रक्रियाअन्तर्गत जारी मतगणना ८५ प्रतिशत सकिएको छ । अध्यक्षका प्रत्यासी कुमार पन्तको अग्रता कायमै रहेको छ । पन्तले आफ्ना प्रतिद्वन्द्वी कुलप्रसाद आचार्यलाई २५० मतान्तरले पछि पार्नु भएको छ । सङ्घका महासचिव बद्री केसीका अनुसार बिहीबार बिहान १० बजेदेखि साँझ ६ बजेसम्म मतदान चलेको थियो । राति अबेरदेखि मात्रै मतगणना शुरु भएको हो । निर्वाचनमा करीब दुई हजार ५०० मतदाता रहेकामा नयाँ नेतृत्वका लागि दुई हजार ३४४ मत खसेको थियो । निर्वाचनमा ४२ पदका लागि ७६ प्रतिस्पर्धी रहनुभएको छ । निर्वाचनले दुई वर्षका लागि ४२ सदस्यीय कार्यसमिति चयन गर्नेछ ।
Categorized in राष्ट्रिय