STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

गोडैता– जयपुर सडक बन्दै

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २८, मंगलबार

वर्षौँदेखि जीर्ण गोडैता नगरपालिकाअन्तर्गत पर्ने जयपुर– गोडैता सडकखण्ड बन्ने भएको छ । त्यसका लागि अहिले धमाधम काम भइरहेको छ । साविक गोडैता गाविसदेखि दक्षिणतर्फ पर्ने जयपुर गाउँसम्मको सडक वर्षौँदेखि जीर्ण थियो । 
  प्रदेश नम्बर २ सरकारले छुट्टयाएको रु ३० लाखमा सडक बन्न लागेको गोडैता नगरपालिका प्रमुख देवेन्द्रकुमार यादवले जानकारी दिनुभयो । 
दुई किलोमिटर लामो तथा २० फिट चौडा बन्न लागेको सडकको निर्माणका लागि नगरपालिकाले सहजीकरण गरेको छ । पहिलो चरणमा माटो पुर्ने र त्यसपछि ग्राभेल हालेर ग्रेडर चलाइने उहाँले जानकारी दिनुभयो । आउने वर्ष सो सडकलाई कालोपत्रे बनाइने प्रमुख यादवले जानकारी दिनुभयो ।
Categorized in राष्ट्रिय